तपाईंको Android डिभाइस हराएको छ भने उक्त डिभाइस खोज्नुहोस्, लक गर्नुहोस्, उक्त डिभाइसमा भएका डेटा मेटाउनुहोस् वा उक्त डिभाइसमा कुनै ध्वनि बजाउनुहोस्
तपाईंको हराएको Android डिभाइसको लोकेसन पत्ता लगाउनुहोस् र तपाईंले उक्त डिभाइस प्राप्त नगरेसम्म त्यसलाई लक गर्नुहोस्
सुविधाहरू
नक्सामा तपाईंका फोन, ट्याब्लेट वा अन्य Android डिभाइस तथा सहायक उपकरणहरूको लोकेसन हेर्नुहोस्। तपाईंको डिभाइसको हालको लोकेसन उपलब्ध छैन भने तपाईं पछिल्लो ज्ञात लोकेसन देख्नु हुने छ।
विमानस्थल, मल वा अन्य ठुला भवनहरूमा आफ्नो डिभाइसको लोकेसन पत्ता लगाउन इन्डोर नक्सा प्रयोग गर्नुहोस्
डिभाइसको लोकेसन र त्यसपछि नक्सा जनाउने आइकनमा ट्याप गरी Google नक्साका सहायताले आफ्नो डिभाइस भएको लोकेसनमा जानुहोस्
डिभाइस साइलेन्ट मोडमा राखिएको भए तापनि उक्त डिभाइसमा फुल भोल्युममा कुनै ध्वनि बजाउनुहोस्
हराएको Android डिभाइसमा भएको डेटा मेटाउनुहोस् वा उक्त डिभाइस लक गर्नुहोस् र लक स्क्रिनमा कस्टम म्यासेज र सम्पर्क जानकारी देखाउनुहोस्
नेटवर्क र ब्याट्रीको स्थिति हेर्नुहोस्
हार्डवेयरसम्बन्धी विवरणहरू हेर्नुहोस्
अनुमति
• लोकेसन हेर्ने अनुमति: नक्सामा तपाईंको डिभाइसको हालको लोकेसन देखाउन
• कन्ट्याक्ट हेर्ने अनुमति: तपाईंको Google खातासँग लिंक गरिएका इमेल ठेगाना हेर्न तथा प्रयोग गर्न
• पहिचान हेर्ने अनुमति: तपाईंको Google खातासँग लिंक गरिएका इमेल ठेगाना हेर्न, प्रयोग गर्न तथा व्यवस्थापन गर्न
• क्यामेरा प्रयोग गर्ने अनुमति: फोटो तथा भिडियो खिच्न
मा अपडेट गरिएको
२०२४ डिसेम्बर ३