Google ड्राइभ कुनै पनि यन्त्रमा रहेका तपाईंका सम्पूर्ण फाइलहरू ब्याकअप गर्ने र तिनमाथि पहुँच राख्ने एउटा सुरक्षित ठाउँ हो। तपाईं आफ्नो कुनै पनि फाइल वा फोल्डर हेर्न, त्यसलाई सम्पादन गर्न वा त्यसमा टिप्पणीहरू गर्न सजिलैसँग अन्य मान्छेहरूलाई आमन्त्रित गर्न सक्नुहुन्छ।
ड्राइभ प्रयोग गरेर तपाईं निम्न कार्यहरू गर्न सक्नुहुन्छ:
• जुनसुकै ठाउँबाट आफ्ना फाइलहरू सुरक्षित रूपमा भण्डारण गर्न र तिनमाथि पहुँच राख्न
• पछिल्लो समय प्रयोग गरिएका र महत्त्वपूर्ण फाइलहरूमाथि छिटो पहुँच राख्न
• नाम र सामग्रीअनुसार फाइलहरू खोज्न
• आफ्ना फाइल तथा फोल्डरहरू अन्य मान्छेहरूलाई सेयर गर्न र ती मान्छेहरूलाई के के गर्ने अनुमति दिने भन्ने कुरा निर्धारण गर्न
• अफलाइन हुँदा पनि जुनसुकै बेला आफ्नो सामग्री हेर्न
• आफ्ना फाइलहरूमा हुने महत्त्वपूर्ण गतिविधिबारे सूचनाहरू प्राप्त गर्न
• आफ्नो यन्त्रको क्यामेरा प्रयोग गरेर कागजी कागजातहरू स्क्यान गर्न
Google का अनुप्रयोगहरू र तिनको अद्यावधिकसम्बन्धी नीतिका बारेमा थप जान्नुहोस्: https://support.google.com/a/answer/6288871
Google खातासँगै १५ जि.बि. निःशुल्क भण्डारण प्राप्त हुन्छ र यो भण्डारण Google ड्राइभ, Gmail र Google फोटोका निम्ति प्रयोग हुन्छ। थप भण्डारण प्राप्त गर्न, तपाईं अनुप्रयोगभित्रैबाट खरिद गरेर आफ्नो विद्यमान सदस्यता योजना स्तरवृद्धि गरी एउटा प्रिमियम सदस्यता योजना लिन सक्नुहुन्छ। संयुक्त राज्य अमेरिकामा १०० जि.बि. भण्डारणको सबैभन्दा सस्तो सदस्यताको मूल्य प्रति महिना $१.९९ पर्छ र यो मूल्य क्षेत्रअनुसार फरक फरक हुन सक्छ।
Google को गोपनीयता नीति: https://www.google.com/intl/en_US/policies/privacy
Google ड्राइभका सेवाका सर्तहरू: https://www.google.com/drive/terms-of-service
मा अपडेट गरिएको
२०२४ डिसेम्बर ११